छठ पर्वको तेस्रो दिन संझिया अर्घ्य दिइयो
gorkhapatraonline.com · Sun Nov 15 13:51:06 UTC 2026

महोत्तरी, कात्तिक २९ गते । चार दिवसीय छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सुर्यलाई पुजापाठसँगै संझिया अर्घ्र्य दिइएको छ । तराई क्षेत्रमा मनाइने प्रमुख पर्व छठ शुक्रबारदेखि अरबा अर्वाइन र नहाय खायबाट विधिवत् रुपमा सुरु भई शनिबार खरना पुजा गरि तेस्रो दिन आइतबार प्रमुख पुजाको रुपमा रहेको संझिया अर्घ्य दिइएको छ ।
छठपर्वको तेस्रो दिन षष्ठी यो पर्वमा महत्वपूर्ण मानिन्छ । यो दिन ठकुवा, भुुसुवा, लगायतका विभिन्न परिकारका सामग्रीहरु बनाई पवित्र जलाशय, पोखरी, नदी, तलाउमा गएर अस्ताउँदो सुर्यलाई अर्घ्र्य दिइन्छ । जसलाई मैथिलीमा संझिया अर्घ्य दिइएको भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)