मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल

ratopati.com · Sun Nov 15 14:00:18 UTC 2026

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् ।

पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अध्यक्ष दाहालले अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका हुन् । उनले ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकले मानव जीवनमा कर्म, श्रम, नैतिकता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको महत्त्वलाई दार्शनिक र व्यावहारिक दृष्टिकोणबाट उजागर गरेको उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)