मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाली जिल्ला म्याग्दीमा छठ पर्व मनाइयो

newspolar.com · Sun Nov 15 14:09:21 UTC 2026

म्याग्दी। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् ।

जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठी देवीको पूजाआजा र नदीमा गएर अर्घ दिएका छन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)