विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई समावेश गर्ने प्रक्रिया अघि बढ्यो
lokaantar.com · Sun Nov 15 14:09:02 UTC 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनःसंरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
टर्कीको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकल: हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटनसत्रको समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार पारिरहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)