मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कलाकारलाई जेल– मूर्ख लाटोले बुझेन’

onlinekhabar.com · Sun Nov 15 14:31:12 UTC 2026

फिल्म ‘बलिदान’ का लागि रामेशले बनाएको गीत रिमेक गर्दै र्‍यापर बालेनले गाएका थिए, ‘कलाकारलाई जेल– मूर्ख लाटोले बुझेन ।’ यस्तै भयो दुई दिनअघि । कलाकार गौरी मल्ल, मनोज गजुरेललाई पुलिसले ‘ककाकिकी’ सिनेमाकै प्रिमियरबाट उठाएर लगेको हल्ला मनोरञ्जन पत्रकारहरूले तथ्य जसरी फैलाए । धेरैले यसलाई पत्याइसक्दा कलाकारिता र पत्रकारिता मात्रै होइन, सुरक्षा क्षेत्रको समेत धेरथोर बदनाम भइसकेको थियो ।

सिनेमा चलाउन फन्डा र सट्कट अपनाउने प्रचलन यसअघि पनि थियो । तर यो हलुकापनमा कलाकार र पत्रकारमात्रै होइन, प्रहरी पनि मुछिएका छन् । या भनौं, प्रहरीलाई मुछिएको छ । कलाकार मनोज गजुरेलले आफू मुछिएकोमा आत्मसमीक्षा गर्दै माफी मागिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)