मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपामा छठ पूजा

lokaantar.com · Sun Nov 15 14:17:05 UTC 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएका छन् ।

उपराष्ट्रपति यादवले पहिले कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतीर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । राजतीर्थमा छठ पूजामा सहभागी हुन आएका उपराष्ट्रपति यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहेताले स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)