मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको सचिवालयमा नयाँ संरचना

canadanepal.com · Sun Nov 15 14:21:00 UTC 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयको कार्य संरचनामा हेरफेर गर्दै विज्ञका रूपमा रहेका पदहरूलाई संयोजक र उपसंयोजकमा रूपान्तरण गरेका छन्। कार्यसम्पादनको समीक्षापछि प्रधानमन्त्री शाहले सचिवालयमा पाँच जनालाई संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी तोकेका हुन्।

सहसचिव सरहको सेवा सुविधा पाउने गरी पाँच जनालाई संयोजकको जिम्मेवारी दिइएको छ। जसमा मिडिया व्यवस्थापन संयोजकमा दिपा दाहाल, विकास तथा मन्त्रालयगत समन्वय संयोजकमा सञ्जीव पाण्डे, अन्तर निकाय समन्वय संयोजकमा सन्तोष गिरी, सामाजिक विकास समन्वय संयोजकमा विश्व राई र सरकारी मामिला तथा योजना समन्वय संयोजकमा विशाल अधिकारी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)