मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगु जिप दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते

newsofnepal.com · Sun Nov 15 14:20:46 UTC 2026

कालिकोट ।

मुगुमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो दुर्घटना हुँदा काठमाडौँ कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णबहादुर थापाको मृत्यु भएको हो । त्यस्तै, ललितपुरकी ५४ वर्षीय अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)