लागुऔषधसम्बन्धी हिंसा बढेपछि ग्वाटेमालाको पूर्वी क्षेत्रमा सङ्कटकाल
ratopati.com · Sun Nov 15 14:32:08 UTC 2026

काठमाडाैँ । लागुऔषध ओसारपसारमा संलग्न समूहसँग सम्बन्धित हिंसा बढेपछि ग्वाटेमालाका अधिकारीहरूले देशको पूर्वी क्षेत्रमा सङ्कटकाल घोषणा गरेका छन् । एक सांसदसहित चार जनाको हत्या भएको एक सातापछि सरकारले यस्तो कदम चालेको हो ।
शनिबारदेखि ३० दिनसम्म लागू हुने सङ्कटकालीन आदेशले पूर्वी क्षेत्रका जाकापा र इजाबाल विभागमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ । साथै, सुरक्षा निकायलाई थप अधिकार प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)