मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सप्तरीमा छठको खरना विधि गरेर व्रत बसेकी महिलाको निधन

gorkhapatraonline.com · Sun Nov 15 14:21:55 UTC 2026

सप्तरी, कात्तिक २९ गते । छठ पर्वको खरना विधि सम्पन्न गरी निराहार व्रत बसेकी सप्तरीको राजविराजकी एक महिलाको आइतबार बिहान निधन भएको छ ।

राजविराज नगरपालिका–२ निवासी ३२ वर्षीया रिंकीरानी यादवको निधन भएको हो । उहाँ सोही वडाका अध्यक्ष अरुणकुमार यादवकी धर्मपत्नी हुनुहुन्छ । आइतबार बिहान पेटमा सामान्य दुखाइ भएपछि यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)