मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

५५ रनको शानदार जितसँगै पोखराको सुखद अन्त्य, काठमाडौं एलिमिनेटरमा

setopati.com · Sun Nov 15 15:03:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा समेटियो।

लिग चरणका सबै खेल सकिँदा पोखराले जितसँगै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सातौं स्थानमा रहेको पोखराले ४ अंक जोड्यो। अन्तिम खेलमा पराजित भएसँगै काठमाडौं भने चौथो स्थानमा रहँदै एलिमिनेटरमा सीमित भएको छ। यससँगै जनकपुर बोल्ट्स अंक तालिकाको पुछारमा धकेलिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)