कोशी प्रदेशस्तरीय फुटबल : खोटाङ र झापा फाइनलमा
ratopati.com · Sun Nov 15 15:15:50 UTC 2026
खोटाङ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत कोशी प्रदेशस्तरीय पुरुष फुटबल छनोट प्रतियोगितामा खोटाङ र झापा फाइनलमा प्रवेश गरेका छन्।
सुनसरीको धरानमा आइतबार आयोजित पहिलो सेमिफाइनल खेलमा धनकुटालाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै खोटाङ फाइनलमा प्रवेश गरेको हो। प्रतियोगिताको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए। खोटाङका योगेन राईले खेलको २५औँ र २९औँ मिनेटमा गोल गरेका थिए भने, धनकुटाका दिपेन शाक्यले खेलको ११औँ र निप्रम्बा राईले ५०औँ मिनेटमा गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)