मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध

barnanmedia.com · Sun Nov 15 15:35:00 UTC 2026

सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

सडक सञ्चालन भएको तीन दिनपछि पुन: माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले आज बेलुकीदेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो । अहिले सडक माथिबाट परिहो झरिरहेका कारण थप जोखिम हुनसक्ने भन्दै भोलि बिहान पहिरोको अवस्था हेरेर मात्र सडक सञ्चालनका लागि डोजर परिचालन गरिने उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)