छठ पर्वमा नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा अभियान
ratopati.com · Sun Nov 15 15:50:05 UTC 2026

वीरगञ्ज । छठ पर्वको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज ले श्रद्धालुहरूको स्वास्थ्य सुरक्षा तथा आकस्मिक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै वीरगञ्जका पाँच प्रमुख छठ घाटमा मेडिकल पार्टनरका रूपमा स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
कलेजले रानीघाट, मुर्ली पोखरी, घडिअर्वा पोखरी, स्विमिङ पुल तथा नगवा पोखरीमा प्राथमिक उपचार तथा स्वास्थ्य सहायता डेस्क सञ्चालन गरेको छ। छठ पर्वका अवसरमा घाटमा उपस्थित व्रतालु, श्रद्धालु तथा सर्वसाधारणलाई आवश्यक पर्दा तत्काल प्राथमिक उपचार तथा स्वास्थ्य सहायता प्रदान गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)