मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्तीतटमा भक्तजनद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाइयो

reportersnepal.com · Sun Nov 15 15:53:44 UTC 2026

बागमती । हेटौँडाको राप्ती तटमा आज हजारौँ भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका छन्। हेटौँडास्थित राप्ती नदी किनारको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा पुगी भक्तजनले अर्घ चढाएका हुन्।

राप्ती तटमा आयोजित छठ विशेष कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित विभिन्न उच्चपदस्थ सरकारी कर्मचारी, राजनीतक दलका नेता, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)