मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित

reportersnepal.com · Sun Nov 15 15:48:14 UTC 2026

कास्की । धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ परेको बेमौसमी वर्षाले समस्यामा पारेको छ । खेतमा काटेर सुकाउन राखिएको धान वर्षाका कारण जलमग्न भएपछि किसान चिन्तित बनेका छन् ।

पोखरामा आज साँझ परेको ठूलो वर्षाले काटेर खेतमै राखिएको धान भिजाएको हो । घाम लागिरहेका बेला एक्कासी वर्षा भएपछि धान भिजेर नोक्सान हुने चिन्तामा किसान छन्। पोखरा-१३ आर्वाका श्रीराम सिग्देलले कसेरी र सनुपदेली फाँटमा हिजो र आज काटेर राखेको धान पूरै पानीमा डुबेको बताए। उनका अनुसार उक्त क्षेत्रका करिब ७५ प्रतिशत किसानले हिजो र आज धान काटेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)