बाचा पूरा नगरेको भन्दै मलंगवाका मेयर छठघाटबाटै लखेटिए
ratopati.com · Sun Nov 15 16:01:51 UTC 2026

सर्लाही । मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवलाई आक्रोशित स्थानीयले छठघाटबाटै लखेटेका छन् । छठ पर्वको अवसरमा सपरिवार पूजाआजाका लागि वडा नम्बर ७ स्थित मुसैली पोखरी पुगेका मेयर यादवलाई स्थानीय युवाहरूले नाराबाजी गर्दै लखेटेका हुन् ।
दसैँलगत्तै मुसैली पोखरीको सरसफाइ गराउने, छठ पर्वमा बत्ती जडान गर्ने तथा अन्य पूर्वाधारका काम गर्ने बाचा गरेर पनि पूरा नगरेको भन्दै स्थानीय बासिन्दा मेयर यादवसँग आक्रोशित हुँदै आएका थिए । आज साँझ करिब पौने ६ बजेतिर छठघाट पुगेका यादव स्थानीयको कडा विरोधपछि पूजासमेत नगरी त्यहाँबाट बाहिरिन बाध्य भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)