एनपिएलः पोखरा एभेन्जर्सको सहज जित
newspolar.com · Sun Nov 15 15:58:41 UTC 2026
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध सहज जित निकालेको छ । पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको हो ।
जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । पोखराले सात खेलमध्ये पाँच खेलमा भने पराजय व्यहोरेको थियो । आजको हारका बाबजुद काठमाण्डुले प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)