मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडा प्रहरी परिसरमै कुटाकुट, भिडियो भाइरल भएपछि ६ जना पक्राउ

ukeraa.com

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आइतबार कुटाकुट गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झै-झगडाको विषयलाई लिएर वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबिच कुटाकुट भएको थियो।

प्रहरी कार्यालय परिसरमै कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरेर उक्त विवादमा संलग्नहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको जनायो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)