मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भाटभटेनीको टंगाल स्टोर पनि मंसिर १ देखि चौबिसै घण्टा खुल्ने

baahrakhari.com · Sun Nov 15 16:07:22 UTC 2026

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले काठमाडौंको टंगालस्थित आफ्नो मुख्य शाखामा पनि २४ सै घण्टा किनमेल गर्न सकिने व्यवस्था सुरु गर्ने भएको छ । मंसिर १ देखि टंगाल शाखा चौबीसै घण्टा खुला रहने भाटभटेनीले जनाएको छ ।

यसअघि भक्तपुर शाखाबाट २४ सै घण्टा सेवा दिँदै आएको भाटभटेनीले अब यो सुविधा टंगालमा पनि विस्तार गर्न लागेको हो । यससँगै टंगाल शाखा चौबीसै घण्टा सञ्चालन हुने भाटभटेनीको देशकै दोस्रो शाखा बन्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)