डडेल्धुरामा ट्याक्टर दुर्घटना, चालक र सहचालक घाइते
gorkhapatraonline.com · Sun Nov 15 15:51:42 UTC 2026

डडेल्धुरा, कात्तिक २९ डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।
आइतबार अमरगढी नगरपालिका–१० ऐरीगाउँस्थित स्याउलेबाट दिपायलतर्फ जाँदै गरेको सुपप्र ०१००२ त ४९८६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक कञ्चनपुरको बेल्डाडी गाउँपालिका–४ का ३५ वर्षीय राम दयाल राना र सहचालक शुक्लाफाँटा नगरपालिका–१ का ३५ वर्षीय लक्ष्मण राना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)