कञ्चनपुरमा वडा प्रहरी कार्यालय परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ
canadanepal.com · Sun Nov 15 16:04:09 UTC 2026

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार झै-झगडाको विषयलाई लिएर दुई पक्षबिच प्रहरी कार्यालय अगाडि नै विवाद र कुटाकुट भएको थियो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार र २६ वर्षीय रोहित लुहार रहेका छन् । यसैगरी भीमदत्त नगरपालिका-१७ का २५ वर्षीय विशाल कोलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)