मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डोनबास छाडे नाटो सदस्यता : अमेरिकाको नयाँ प्रस्ताव युक्रेन र रुसलाई मान्य होला ?

nepalviews.com · Sun Nov 15 15:58:21 UTC 2026

काठमाडौं । अमेरिकाले युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्य बन्न नयाँ बाटो प्रस्ताव गरेको छ । रुससँगको युद्ध सुरु भएको झन्डै पाँच वर्ष पुग्न लाग्दा किभले आफ्नो सुरक्षाको प्रत्याभूतिका लागि लामो समयदेखि नाटो सदस्य बन्ने आकांक्षा राख्दै आएको छ ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनले पूर्वी क्षेत्रमा रहेको डोनबासको सम्पूर्ण भूभाग छाड्नुपर्ने सर्त अघि सारेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका लागि राखेका सर्तमध्ये डोनबासमाथिको नियन्त्रण पनि एक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)