दशौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ४८ खेलाडी छनोट
ratopati.com · Sun Nov 15 16:31:58 UTC 2026
महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट आज थप ४८ खेलाडी छनोट भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा जारी विभिन्न आठ वटा खेलमा आज भएको खेलहरुमा फुलकन्ट्याक्ट कराते, आइटिएफ कराते, जुडो र सितोरियो करातेका विभिन्न तौल समुहबाट ४८ खेलाडी सुदूरपश्चिमबाट छनोट भएका हुन् । शनिबार महेन्द्रनगरमा सम्पन्न कुस्ती खेलको प्रदेश स्तरीय छनोटबाट महिला र पुरुष गरी १८ खेलाडी छानिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)