मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

reportersnepal.com · Sun Nov 15 16:21:19 UTC 2026

झापा । परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर झापामा आइतबार सामूहिक छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ। जिल्लाका मुख्य तथा सहायक नदी र पोखरीहरूमा साँझ श्रद्धालुहरूको उल्लेख्य घुइँचो थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार भद्रपुरको मेचीदेखि दमकको रतुवा नदीसम्म विभिन्न ५३ स्थानमा जलाशय तथा नदी किनारमा सामूहिक मण्डप निर्माण गरी छठ पूजा गरिएको छ। मेची, निन्दा, हँडिया, अन्धुवा, बिरिङ, कनकाई, रतुवा र मावा लगायत २१ स्थानमा औपचारिक छठ समिति गठन गरेर व्यवस्थित रूपमा पूजा सम्पन्न गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)