सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध
gorkhapatraonline.com · Sun Nov 15 16:29:10 UTC 2026

गुल्मी, कात्तिक २९ गते । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका अनुसार हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनी राक्सेमा आइतबार साँझ सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । आइतबार राती भएकाले पहिरो पन्छाउने कार्य सम्भव नभएको र सोमबार बिहानबाट पहिरो पन्छाउने कार्य हुने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)