नेतन्याहुले आइजनकोटलाई एकताको प्रस्ताव गरेको इजरायली मन्त्रीको दाबी
ratopati.com · Sun Nov 15 16:49:46 UTC 2026

काठमाडौँ । इजरायलकी यातायात तथा सडक सुरक्षा मन्त्री मिरी रेगेभले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एकताका लागि हात अघि बढाएको बताएकी छन् । नेतन्याहूको तर्फबाट एकताको प्रस्ताव अघि सारिएको उल्लेख गर्दै उनले यस्तो दाबी गरेकी हुन् ।
इजरायलको राजनीतिक–सुरक्षा क्याबिनेटकी सदस्यसमेत रहेकी मन्त्री रेगेभले सामाजिक सञ्जाल ‘एक्सुमा लेख्दै गादी आइजनकोटका अगाडि दुईवटा विकल्प रहेको बताएकी छन् । उनका अनुसार आइजनकोटले इजरायलको हित रोज्ने वा विगतमा आफूले चरमपन्थीका समर्थक तथा प्यालेस्टिनी राज्य निर्माणका पक्षधर भनी टिप्पणी गरेका व्यक्तिहरूको हित रोज्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)