दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट थप ४८ खेलाडी छनोट
lokaantar.com · Sun Nov 15 16:48:04 UTC 2026
कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट थप ४८ खेलाडी छनोट भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट कराते, आइटिएफ कराते, जुडो र सितोरियो करातेका विभिन्न तौल समूहबाट ४८ खेलाडी छनोट भएका हुन् । यसअघि शनिबार सम्पन्न कुस्तीको छनोटबाट महिला र पुरुष गरी १८ खेलाडी छनोट भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)