गण्डकी ‘पीएम कप महिला’ क्रिकेट : कास्की र नवलपुर विजयी
ratopati.com · Sun Nov 15 17:08:50 UTC 2026
कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको आजको खेलमा कास्की र नवलपुर विजयी भएका छन् ।
प्रतियोगिताको दोस्रो दिन लिग चरणको पहिलो खेलमा कास्कीले बागलुङलाई ८९ रन र दोस्रो खेलमा नवलपुरले पर्वतलाई ३२ रनले पराजित गरेका हुन् । प्रतियोगितामा कास्कीले लगातार दोस्रो जित निकालेको छ । कास्कीले शनिबार नवलपुरमाथि जित निकालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)