मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठमा सिर्सिया नदीमा सङ्लो र सफा पानी

ratopati.com · Sun Nov 15 17:49:05 UTC 2026

पर्सा । छठ पूजाको अवसरमा बारा–पर्साको औद्योगिक करिडोर भएर बहने सिर्सिया नदी आज सङ्लो र सफा देखिएको छ । गण्डक नहरबाट नारायणीको पानी जगरनाथपुर हुँदै सिर्सियामा मिसाएपछि नदी सफा र सङ्लो भएको हो ।

भारतीय पक्षसँग समन्वय गरी गण्डक नहरको पानी मिसाएपछि नदी सफा भएको प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए । सिर्सिया सफा र प्रदूषण मुक्त गराउन सांसद पन्तले पहल गर्दै आएका छन् । यसअघि गृहमन्त्री सुधन गुरुङले सो नदीको स्थलगत अवलोकन निरीक्षण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)