पृथ्वी राजमार्ग सञ्चालनमा
gorkhapatraonline.com · Wed Sep 16 23:53:01 GMT 2026

कृष्णभिरमा ट्र्याक खोल्ने काम घोषित समयभित्रै सम्पन्न हुनु नेपाली विकासनिर्माणका क्षेत्रमा एउटा असाधारण र ठुलो सफलता हो । कृष्णभिरको यो सफलता केवल एउटा सडकखण्ड खुला हुनु मात्र होइन, यो नेपाली विकास प्रशासनको कार्यक्षमता, इच्छाशक्ति र रूपान्तरणको एउटा बलियो उदाहरण पनि हो ।
सामान्यतः मुलुकका ठुला पूर्वाधार आयोजनाहरू ढिलासुस्ती, बजेट वृद्धि र प्राविधिक कमजोरीका कारण समयमै नसकिने आमप्रवृत्ति छ । यस्तो पृष्ठभूमिमा कृष्णभिर जस्तो चुनौतीपूर्ण भूगोलमा तोकिएको समयमै काम पूरा गर्ने यो कार्यशैलीले मुलुकका अन्य ठुला विकास आयोजनालाई समेत समयमै सम्पन्न गर्न राम्रो प्रेरणा दिने अपेक्षा गरिएको छ । कृष्णभिरको सफलताले मुलुकको विकासनिर्माणमा लामो समयदेखि देखिएको निराशालाई चिर्ने कामसमेत गरेको छ । यस सफलताले नेपाली विकासनिर्माण क्षेत्रमा व्याप्त ‘नेपालमा समयमै काम हुँदैन’ भन्ने निराशावादी भाष्यलाई गलत प्रमाणित गर्नुका साथै यसले अन्य राष्ट्रिय गौरवका र ठुला आयोजनालाई पनि तोकिएको समयमै काम सम्पन्न गर्न सकिन्छ भन्ने बलियो आत्मविश्वास र प्रेरणा दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)