स्टारलिंकको गति प्रतिबन्ध हटाउन जेलिन्स्कीको अमेरिका र एलन मस्कसँग आग्रह
annapurnapost.com · Sun Nov 15 19:47:42 UTC 2026

काठ्माण्डौँ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक सेवामा लगाइएको गति प्रतिबन्ध हटाउन अमेरिका र अमेरिकी अर्बपति एलन मस्कसँग आग्रह गरेका छन् । उनले प्रतिबन्धका कारण रुसी आक्रमण रोक्न युक्रेनलाई कठिनाइ भइरहेको बताएका छन् ।
जेलेन्स्कीका अनुसार अमेरिकी सरकारको सहयोगमा युक्रेनले प्रयोग गरिरहेको सैन्य प्रयोजनको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारशिल्ड’ मा लगाइएको गति सीमाले रुसी ड्रोन रोक्ने अभियान प्रभावित भएको छ । उनले जाडोयामअघि नागरिकको जीवन र युक्रेनको ऊर्जा पूर्वाधारको सुरक्षा यसैमा निर्भर रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)