आसियान शिखर सम्मेलनमा सहभागी हुन मोदी मनिला जाँदै, ट्रम्प र लुला पनि सहभागी हुने सम्भावना
annapurnapost.com · Sun Nov 15 20:39:10 UTC 2026

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीनदिने भ्रमणका लागि फिलिपिन्सको राजधानी मनिला जाने भएका छन् । उनले मनिलामा आयोजना हुने आसियान शिखर सम्मेलन र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम छ ।
सोमबारदेखि सुरु हुने भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले क्षेत्रीय सुरक्षा, समुद्री सहकार्य, आर्थिक सम्बन्ध तथा व्यापारिक साझेदारीका विषयमा विभिन्न देशका नेताहरूसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)