अमेरिकामा हवाई उडान अझै प्रभावित, दुई दिनमा हजारौँ उडान रद्द र ढिलाइ
annapurnapost.com · Sun Nov 15 20:53:52 UTC 2026

काठमाडौं : अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजारभन्दा बढी उडान रद्द भएका छन् ।
अमेरिकी यातायातमन्त्री सीन डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सोमबारसम्म लाग्न सक्ने बिबिसिले जनाएको छ । विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले उडान तालिका नियमित बनाउन केही समय लाग्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)