मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपत्तिको छायामा अन्तर्राष्ट्रिय सम्मान : स्वर्णिम वाग्ले र टाइम म्यागजिनको सूची

barnanmedia.com · Sun Nov 15 22:04:30 UTC 2026

अमेरिकी पत्रिका टाइम ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सन् २०२६ का जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटेको छ। नेपालको जलवायु जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको, जलवायु न्यायको पक्षमा पैरवी गरेको र जलवायुजन्य विपत्तिबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग गरेको भन्दै टाइमले वाग्लेलाई यो सम्मान दिएको हो। यो सम्मानले नेपालको जलवायु कूटनीति र अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइ दिएको भनेर उनका समर्थकहरू रमाइरहेका छन् ।

यसै क्रममा नेपालले चीन, अमेरिका र भारतसँग जलवायुजन्य क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग तथा क्षतिपूर्तिको माग अघि बढाएको थियो। विपत्तिपछिको पुनर्निर्माण र पुनःस्थापनामा करिब पाँच अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको थियो। जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको संयुक्त राष्ट्रसंघीय 'लस एन्ड ड्यामेज फन्ड' बाट नेपाललाई सहायता उपलब्ध गराउन नेपालले पहल गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)