मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीले एमएलएसमा बनाएको त्यो दुर्लभ रेकर्ड, जुन अहिले सम्म कसैले बनाउन सकेका थिएनन् !

barnanmedia.com · Sun Nov 15 22:28:12 UTC 2026

उमेर केवल एक अङ्क मात्र हो भन्ने कुरा अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पुनः एकपटक प्रमाणित गरेका छन् । सन् २०२६ को मेजर लिग सकर (एमएलएस) को नियमित सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै मेस्सीले लगातार दोस्रो पटक एमएलएस गोल्डेन बुट अवार्ड जितेर लिगको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका हुन्।

३९ वर्षीय इन्टर मियामीका कप्तान मेस्सीले ३१ खेलमा सर्वाधिक २६ गोल गर्दै लिगको शीर्ष गोलकर्ताको उपाधि हात पारे। गोल गर्न मात्र नभई गोलको अवसर सिर्जना गर्न पनि उत्तिकै माहिर मेस्सीले सिजनभर १७ असिस्ट (गोल पास) प्रदान गर्दै कुल ४३ गोल योगदान (गोल र असिस्ट) पुर्‍याए, जुन यो सिजन लिगकै सर्वाधिक हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)