मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ सम्पन्न गरिँदै

ratopati.com · Sun Nov 15 22:43:22 UTC 2026

काठमाडौँ । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सप्तमी) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइँदै छ । यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज औपचारिक समापन हुँदैछ ।

कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य अर्पण गरेका थिए । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जलाशय किनारमै जाग्राम बसेका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गर्दैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)