मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

ratopati.com · Sun Nov 15 22:57:25 UTC 2026

भोजपुर । पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना निर्माण गरिएपछि पर्यटकको आवागमन बढ्न थालेको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले कपासे भञ्ज्याङको विकासका लागि मझुवा–कपासे भञ्ज्याङ पदमार्ग तथा विश्रामस्थल निर्माण गरेको छ । पदमार्ग निर्माणसँगै पर्यटकलाई यस क्षेत्रमा पुग्न सहज भएको छ । दुई जिल्लाको सङ्गमस्थलका रूपमा रहेको कपासे भञ्ज्याङको पर्यटन विकासका लागि भोजपुर र खोटाङका स्थानीय तहबीच सहकार्य भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)