यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली
barnanmedia.com · Sun Nov 15 23:00:57 UTC 2026
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् । क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनालले पनि अवसर पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)