मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुँदै

barnanmedia.com · Sun Nov 15 23:25:52 UTC 2026

काठमाडौं । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य अर्पण गरिँदै छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको औपचारिक समापन हुँदैछ ।

छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठी अर्थात् हिजो आइतबार व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । सूर्यास्तपछि रातभर नदी, पोखरी तथा जलाशयका किनारमा जाग्राम बसेका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यको पूजा–आराधना गरी अर्घ्य अर्पण गर्दैछन्

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)