मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धान काट्न व्यस्त छन् इलामका किसान

ratopati.com · Sun Nov 15 23:44:18 UTC 2026

इलाम । इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका साथै भित्र्याउने समयमा मौसमले साथ दिएपछि स्थानीय किसान उत्साहका साथ खेतमा खटिएका छन् ।

मौसमले साथ दिएपछि धान काट्न सुरु गरिएको माङसेबुङ गाउँपालिका–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले बताए । स्थानीय किसान धान काट्न, सुकाउन, बिटा उठाउने तथा धान थन्क्याउने काममा व्यस्त भएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)