मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बढ्दै छ औषधी प्रतिरोधको जोखिम

gorkhapatraonline.com · Sun Nov 15 23:48:37 UTC 2026

सामान्य रुघाखोकी, घाँटी दुख्ने र ज्वरो आउनेबित्तिकै चिकित्सकको परामर्शबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले औषधी प्रतिरोधको जोखिम बढाएको छ । आवश्यकताबिना एन्टिबायोटिक प्रयोग गर्ने र औषधीको पूरा मात्रा सेवन नगर्ने बानीले सामान्य सङ्क्रमणको उपचारसमेत भविष्यमा चुनौतीपूर्ण बन्न सक्ने चिकित्सकले बताएका छन् ।

हेटौँडाकी अनिता सुवेदीलाई सामान्य खोकी लाग्दा पनि एन्टिबायोटिक सेवन नगरी चित्त बुझ्दैन । केही समयअघि उहाँले पाँच दिनका लागि भन्दै खोकीको औषधीसँगै एन्टिबायोटिक खरिद गरेर सेवन गर्नुभयो । केही दिनमै खोकी निको भएपछि घरेलु उपचारभन्दा औषधीले छिटो काम गर्ने उहाँको विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)