मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतको भन्सार महसुलले नेपाली जुट उद्योगलाई सकस

gorkhapatraonline.com · Mon Nov 16 01:03:23 UTC 2026

विराटनगर, कात्तिक ३० गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका जुट उद्योगहरूले अहिले जुट खरिद गर्न आनाकानी गरिरहेका छन् । भारतले गत असोजदेखि एन्टिडम्पिङ ड्युटी (एडिडी) वृद्धि गरेपछि जुट निर्यात गर्ने यी उद्योगहरू कच्चा पदार्थ खरिद गर्न डराइरहेका हुन् ।

सुनसरीको दुहबीमा रहेको अरिहन्त मल्टिफाइबर्स लिमिटेड, विराटनगरको रानीमा रहेको रघुपति जुट मिल्स, कटहरीमा रहेको बाबा जुट मिल्स, बुढीगङ्गा गाउँपालिकास्थित स्वस्तिक जुट मिल्स र र कटहरीमा रहेको पशुपतिनाथ जुट मिल्स जुटजन्य वस्तु उत्पादन र निर्यात गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)