वैभवीले थाइल्यान्डमा जितिन् दुई पदक
kendrabindu.com · Mon Nov 16 01:09:44 UTC 2026
काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छन्।
नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन्। बैंककस्थित फेसन आइल्यान्डको स्पोट्र्स हलमा भएको प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)