टाइगरमाथि गोली प्रहारपछि बलिउडका दुई शीर्ष अभिनेतालाई ‘वाई-प्लस’ सुरक्षा, अन्यको पनि कडा निगरानी
ratopati.com · Mon Nov 16 01:09:56 UTC 2026

मुम्बई । अभिनेता टाइगर श्राफमाथि अक्टोबर १८ मा भएको गोली प्रहार र लरेन्स बिश्नोई समूहको निरन्तर धम्कीपछि मुम्बई प्रहरीले बलिउडका कम्तीमा दुई शीर्ष (ए-लिस्टर) कलाकारको सुरक्षा व्यवस्थालाई ‘वाई-प्लस’ श्रेणीमा स्तरोन्नति गरेको छ। अन्य कलाकारहरूको सुरक्षामा समेत व्यापक कडाइ गरिएको छ।
अधिकारीहरूका अनुसार बलिउडकर्मीहरूको समग्र सुरक्षा समीक्षाअन्तर्गत यो कदम चालिएको हो। यस प्रक्रियामा पहिलेदेखि नै सुरक्षा पाइरहेका व्यक्तिहरूको जोखिम स्तर पुनः जाँचिनुका साथै नयाँ सुरक्षा आवश्यक पर्नेहरूको पहिचान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)