बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ
khabarhub.com · Mon Nov 16 01:10:32 UTC 2026

दमौली – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका छन् ।
पर्यटकको आगमन बढेपछि बन्दीपुर बजारमा चहलपहल निकै बढेको छ । होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ भने बास बस्ने ठाउँ नपाएर केही पर्यटक फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । बन्दीपुरमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)