मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

nepalpress.com · Mon Nov 16 01:17:24 UTC 2026

सुनसरी । गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबारदेखि धरानमा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा आयोजक स्वर्णिम क्लबका खेलाडी सजिना स्याङ्ताङले खेलको १३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले खेलको ६३औँ र इन्जुरी समयको ९१औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)