बंगलादेशको गोपालगन्जमा शेख हसिनाको पार्टीले गर्यो तोडफोड र आगजनी
kendrabindu.com · Mon Nov 16 01:26:59 UTC 2026

ढाका । प्रतिबन्धका बाबजुद पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले बंगलादेशमा आइतबार हतियार र लाठीसहित विरोध प्रदर्शन गरेको छ। स्थानीय पत्रकारहरूका अनुसार बंगलादेशको गोपालगन्जमा दिनभरि भएको प्रदर्शनमा अवामी लिगका नेता, कार्यकर्ता र समर्थकहरूले धारिलो हतियार र लाठी बोकेका थिए।
स्थानीय पत्रकारहरूका अनुसार दिनभरि भएको प्रदर्शनमा धेरै मानिसहरूले धारिलो हतियार र लाठी बोकेका देखिए। बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीहरूले जिल्ला अवामी लिग कार्यालय कब्जा र तोडफोड गरे। उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा पनि आगजनी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)