मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान काट्न व्यस्त छन् इलामका किसान

khabarhub.com · Mon Nov 16 01:47:00 UTC 2026

इलाम – इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका साथै भित्र्याउने समयमा मौसमले साथ दिएपछि स्थानीय किसान उत्साहका साथ खेतमा खटिएका छन् ।

मौसमले साथ दिएपछि धान काट्न सुरु गरिएको माङसेबुङ गाउँपालिका–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले बताए। स्थानीय किसान धान काट्न, सुकाउन, बिटा उठाउने तथा धान थन्क्याउने काममा व्यस्त भएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)