उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
nepalsamaya.com · Mon Nov 16 02:37:51 UTC 2026

सिरहा- आस्था, श्रद्धा र शुद्धताको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशयका छठघाटमा व्रतालु, श्रद्धालु तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)